घरको छानो फाटेर, चुहिएकोले विदेश हिंडे
मन्को गर्वबाटै रहर, तुहिएकोले विदेश हिंडे
सालीम्बो र खरले छानो, टाल्न नखोजेको हैन
मक्किएका डाँडाभाटा, फाल्न नखोजेको हैन
पसिना नि बगाकै थें, परिश्रम नि गरेकै थें
बाँझो खेतमा मलजल गरि, कोदो फापर छरेकै थें
तर पनि घरमा चुलो, नबलेसी विदेश हिंडे
भने जति कोदो फापर, नफलेसी विदेश हिंडे
माया र अभावको, घम्साघम्सी हुन्थ्यो सधैं
जोरै नचलेसी माया, डाको छोडी रुन्थ्यो सधैं
त्यसैले म भक्कानिदै, रुँदै रुँदै विदेश हिंडे
झ्याम्मिएका बालबच्चालाई, छुँदै छुँदै विदेश हिंडे
वसन्त दहाल
गोदक-४, ईलाम
हाल:- दक्षिण कोरिया
