एक
उस्तै लाग्थ्यो तिम्रो मेरो, जिन्दगीको कथा पनि
उस्तै लाग्थ्यो तिम्रो मेरो, वेदना र व्यथा पनि
त्यसैले एउटा चोखो, नाता गाँस्न खोजेको थें
तर तिम्रो बानी रैछ, ठिक्क पार्ने जता पनि
दुई
जिन्दगीको खोल्सा खोल्सी, तिमीसँगै तर्ने मन थ्यो
पिरतीको हाट बजार, तिमीसँगै भर्ने मन थ्यो
तिम्रै हृदयको सुन्दर, बगैंचामा मलाई पनि
थाहै नदिई तिमीलाई, फूल बनी सर्ने मन थ्यो
तीन
अल्झाएर पिरतीमा, तिमी कता लाग्यौ प्रिय
पर्खाएर मलाई चैं, तिमी कता भाग्यौ प्रिय
बुढा सुब्बा मन्दिरमा, प्रेमको कसम खाँदा
मुखले मलाई माग्यौ, मन्ले कस्लाई माग्यौ प्रिय
वसन्त दहाल
