Skip to content

भिजेका छन् नयनहरू

  • by


भिजेका छन् नयनहरू, सुकेका छ्न ओठहरू
आखिर कस्ले बुझ्छ यहाँ, मेरो मनको चोटहरू

जति स्वच्छ निश्चल मेरो, माया प्रीति भने पनि
आखिर सबले भुल्दा रैछन, पाएपछि नोटहरू

मनको बाँझो टारी खेतमा, मायाको बोट सार्दै थिएँ
आखिर कस्ले विष छर्यो, मर्यो सारा बोटहरू

चोखो माया गरेकै थें, मनमा प्रीति भरेकै थें
आखिर के नै देख्यौ, मेरो मायामा खोटहरू

बुझ्नेले त नबुझे झैं, गर्छन यहाँ पर्दाखेरि
आखिर कस्ले देख्छ यहाँ, कलेजीका डोबहरू

बसन्त दहाल
गोदक – ४, ईलाम
हाल: दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *