Skip to content

तीन मुक्तक (भूकम्प)


मुक्तक – १

भूकम्पको दादागिरी, चल्दै छ रे अँझै पनि
गरिबका झुप्रोहरू, ढल्दै छ रे अँझै पनि
अकालमै मरेका ती, मानिसका लासहरू
आर्यघाट्को चितामाथि, जल्दै छ रे अँझै पनि

मुक्तक – २

शहरबाट गाउँतिर पो, झर्दै छन् रे मानिसहरू
भूकम्पको डरले बसाँइ, सर्दै छन् रे मानिसहरू
विदेशबाट अरबौं अर्ब, सहयोगहरू आएपनि
एउटा पालमै हारालुस, गर्दै छन् रे मानिसहरू

मुक्तक – ३

राहत पाउन पनि धर्म, फेर्दैछु भन्छिन् आमा
जे जे भन्छन् चुपचाप, टेर्दैछु भन्छिन् आमा
आपत विपत पर्दाखेरि, मौका छोप्ने जमातको
चर्तिकला टुलुटुलु, हेर्दैछु भन्छिन् आमा

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *