Skip to content

आफैंले म आफैंलाई, गजलकार भन्न थालें


आफैंले म आफैंलाई, गजलकार भन्न थालें
ज्यान सुकेकै भएनि, मसलदार भन्न थालें

अलि सिधा- सोझो अनि, लुतेलाई देखें भनें
बिना गल्ती धम्क्याउदै, खबरदार भन्न थालें

रदिफ अनि काफिया र, छन्द थाहै नभए नि
साहित्यमा हिरा जस्तै,चमकदार भन्न थालें

विदेशको कमाईले, एउटा घर जोड्दैमा म
खान्दानी र यो गाउँको, जमिनदार भन्न थालें

आफैंले म आफैंलाई, गजलकार भन्न थालें
ज्यान सुकेकै भए नि, मसलदार भन्न थालें

वसन्त दहाल
गोदक – ४, ईलाम
हाल :- दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *