Skip to content

तिम्रो जिन्दगीमा कसम


तिम्रो जिन्दगीमा कसम, अबदेखि आउँदिन म
तिम्लाई ब्यर्थै दिल्मा कसम, अब स’जाउँदिन म

तिमी हिड्ने गोरेटो र, पँधेरीमा कहिले पनि
ज्यानै जाओस तर कसम, अबदेखि धाउँदिन म

तिम्रै माया माया भन्दै, छट्पटिदै एकान्तमा
विरहका गीत कसम, अबदेखि गाउँदिन म

म बाँचुला या मरौंला, तिमी अजम्बरी रहनु
बाँचे भने पनि कसम, तिम्लाई स’ताउँदिन म

झूठो रैछ मायाप्रीति, झुठै रैछ संसार पनि
एक्लै जिउँछु तर कसम, अब माया लाउँदिन म

बसन्त दहाल
गोदक – ४, ईलाम
हाल :- दक्षिण कोरिया

1 thought on “तिम्रो जिन्दगीमा कसम”

  1. तिम्रो जिन्दगीमा कसम, अबदेखि
    तिम्रो जिन्दगीमा कसम, अबदेखि आउँदिन म
    तिम्लाई ब्यर्थै दिल्मा कसम, अब स’जाउँदिन म

    तिमी हिड्ने गोरेटो र, पँधेरीमा कहिले पनि
    ज्यानै जाओस तर कसम, अबदेखि धाउँदिन म

    तिम्रै माया माया भन्दै, छट्पटिदै एकान्तमा
    विरहका गीत कसम, अबदेखि गाउँदिन म

    म बाँचुला या मरौंला, तिमी अजम्बरी रहनु
    बाँचे भने पनि कसम, तिम्लाई स’ताउँदिन म

    झूठो रैछ मायाप्रीति, झुठै रैछ संसार पनि
    एक्लै जिउँछु तर कसम, अब माया लाउँदिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *