Skip to content

खै के भनौ तिम्रो त्यो तनलाई


तिम्रो शरीर मलाई
रकसीको बोतल झै लाग्छ
अनि त्यो तिम्रो माया मालाई
बोतल भित्रको नशा झै लाग्छ
त्यस्तो नशा जस्ले नपिउदै लठयाइदिन्छ
पिएर हेर्दा आफू र आफन्तलाई भूलाइदिन्छ

खै के भनौ तिम्रो त्यो तनलाई
कुनै वेला अमृतको प्याला लाग्छ
स्वर्गको रसपान गराउने
अमुतको भण्डार झै लाग्छ
अनि त्यही रसपानको प्यालामा
डुब्ने माहरी अनि डुलिरहने थाल बन्छ
तन र मनको संयोग ख्याल ख्याल लाग्छ

कुनै बेला त्यो तिम्रो तन
मन्दिर झै झिलमिल सुन्दर लाग्छ
अनि मेरा यी नजरहरू
याचक भई तिम्रासामु दर्शन माग्छ
हृदयको स्पर्श गराउदै प्रेमको भिक्षा थाप्छ ्
मनको प्यास मेटाउन
तिम्रा मुधरवाणी चाहन्छन

हेर्दा कहिलेकाहीं त्यो तिम्रो शरीर
ओषधीको बटटा झै लाग्छ
अनि ती तिम्रा प्रेम भाव
तनमन निको बनाउने ओषधी झै हुन्छ
फेरि फेरी जवान बनाउने
शक्तिमा परिवर्तण गर्ने
भगवानको रुप लाग्छ,
ईश्वरको कृति झै लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *