Skip to content

भूकम्पले हल्लिएको देश


भूकम्पले हल्लिएको देशको यो माटो र परिवेश
बेलाबेलामा हलै हल्लाहरूले पनि हल्लाइदिन्छ
आयो…..आयो .. भन्ने शब्दले एकाएक
मनमा डर त्रास फैलाई दिन्छ

कोही बच्चा काखमा च्यापेर भाग्छ
कोही चिच्याउदै आतसमय भएर भाग्छ
कोही रुवावासी गरी भाग्छ
आफनै घर छाडेर भूकम्पको पछि पछि भाग्छ

सदैव शरण दिने आफनै घर
हिजो आज यमराजको दुत झै लाग्छ
खुल्ला मैदान अनि चौरहरू
मिठो निद्रा अनि शरण दिई साथ दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *