सूर्यचन्द्र ध्वजामुनि मलाई रम्न देऊ
सयौ थुंगा फूलका हामी.. मिलेर गाउन देऊ
हिमाल पहाड तराई फाँटमा सुवास छर्न देऊ
नेपाली हुँ म नेपालको छोरो नेपालमै रम्न देऊ
उतरमा चिन दक्षिणमा भारत छिमेकी बसेका
विश्वकै अग्लो चुचोरो हिमाल निडर भै हाँसेका
डाँडा पाखा वनैभरि गुराँस फुलेका
तराईको फाँट धानका बाला खेतमा झुलेका
हिमालको काख आमाको साथ कहिल्यै विर्सिन
रगतको थोपा शरीरमा रहे नेपालीपन वेचिन्न
मिहनेतको फुल फुलाउँछ यही हिम्मत हारिन्न
नेपाली ध्वजा शिरमा राख्छु कहिल्यै झुकाउन
वुद्धको ज्ञान समझेर हिडछु बाटोलाई विराए
शान्तिको दिप बालेर हिडछु कतै अंधकार छाए्
विश्वासको डोरी ज्ञानको ज्योति सबैलाई विसाए
नेपाली माटो निधारमा लगाई ध्वजालाई उठाए
हिमाल पहाड तराई जोडने खोला झै बग्ने छु
विश्वमा चिनिने बुद्धको ज्ञान बनेर सदै हिडने छु
भक्तिमा शक्ति बनाई आफै दुई आत्मा जोडने छु
तराई पहाड हिमालीपनलाई माला झै उन्ने छु
विभेदको जड उखेली फाल्न हुनेछ तयार
परिवर्तण गर्न हिडने छ बोकी शिक्षाको हतियार
शान्तिको प्रतिक वुद्धको सन्देश गर्ने छ स्वीकार
फैलिन्छ सुविचार मेटिन्छ सवको मनको कुविचार
