म पनि त मान्छे नै हुँ किन पो भेदभाव ?
मान्छे मान्छे विच गर्छौ किन फरक स्वभाव?
शिक्षित भन्छौ डिग्री पाएका कस्तो हो प्रभाव ?
बुद्धको देश शान्तिको भूमि ज्ञानको अभाव
मान्छे मान्छेबीच छोइन यहा कास्तो हो संस्कार ?
उच्च र निच धनी गरिब फरक छ व्यवहार
कोही हेपिन्छ निच भनी कोहीले पाइन्छ सव सत्कार
समाज भित्र देखिन्छ सदैव भाडभैलो अत्यचार
धर्मले मान्छे असल बनाउँछ बनाउँछ सदगुणी
हुन कोही सानो र ठुलो बिताउन यो जुनी
जनक भूमि आएके थिए तपस्वी ऋषिमुनि
शिप खोजे क्षमता खोजे खोजिएन खान्दानी
भक्तिमा भगवान शक्तिमा परिवर्तण प्रकृतिको सार
धनी त्यही हो जोसँग हुन्छ असल व्यवहार
आत्माको ज्ञान समय पहिचान गुरु झै अपतार
अज्ञानलाई चुनौती दिई गदर्छ तिनले सबैको उपकार
मानवता नै ठुलो पुजि ठुलै छ संसार
ज्ञानको ज्योति मानवलाई बाडौ हुनेछ सुधार
जातले ठुलो सानो हुदैन कोही गरौं है विचार
ज्ञानको लक्षण देखाई देऊ हटाई कुसंस्कार
गरी देऊ पुरा माहाकविको त्यो महावाणी
मानिस ठुलो दिलले हुन्छ जातले हुन्न जानी
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिण है नमानी
मान्छे विच मानवता मेटे हुन्न है सुन्दर विहानी
