Skip to content

मेरो शरीरमा कोरोना छ अरे


सानु तिमी र मेरो छुटिएको पाचौं वर्ष भयो
तिमी स्वदेशमा अनि म विदेशमा
भोलि मिलन हुनेछ वर्षौपछि तिमी र मबीचमा
माया पिरतीका फूलहरू फुल्ने छ हामी दुईमा

म विदेशको भूमि छोडिरहदा तिम्रै बारेमा सोचिरहेको छु
तिम्रो मन्द मुस्कान अनि फकरिएको जोवन कस्तो भएको होला
तिमीसँग काखमा खेलिरहेका हाम्रो पिरतीको फूल जस्तै देखिने
प्यारी छोरी कस्ती भए होला

जहाज चढेँ, मनमा खुशीको आभास भयो
आहा अब त केही घण्टामा मेरो देश पुग्ने छु
मेरी प्यारी जीवनसाथीलाई भेटने छु
अनि पाच वर्षदेखि संगालेर राखिरहेको
मायाको पोको दिलको मन्दिरबाट खोलेर दिने छु
म जादा ताते ताते गर्दै हिडिहरेको छोरीलाई
बाबुको माया अनि हृदयको स्पर्ष दुई ओठको म्वाइँ दिनेछु

मलाई जन्म दिने आमा बुवा
पाच वर्ष पछि देखेर कति खुशी होला
छोरा थाकेर आइन भोकाएका होलान पानी देऊ भन्दै
मैले चरण स्पर्ष नगर्दै सोधछिन होला
मलाई हेर्नकै निम्ति मेरो आँगनमा छिमेकीहरुको भीड
अनि त्यही भीडमा हर्षित मेरा अनुहार हुन्छ होला
ताते ताते हिडने छोरीको साथीहरू पनि
अंकल चकलेट दिनुस भन्दै मसँग माग्छे होला

मेरी उनी घरको ढोका नजिककै उभिएर
मदेखी लजाउदै मन्द मुसकानले स्वागत गर्छिन होला
वर्षै देखी प्यासिएका तिनका ओठहरुमा
प्रीतको मुस्कान फूल्छ होला
ऐ दिन आजलाई छिठै गएर साँझ ल्याईदेऊ
भन्दै मेरी उनी भन्छे होला
बाधिएको अंगालो छुटिएका वर्षौ भयो
अंगालोमा बाधन मलाई तिनले हतारिन्छे होला

सानु मनमा हर्षेको भावहरू समेटिएर आफनो भूमि आई पुगे
अनि नेपालीभूमिलाई आमा झै चरण स्पर्ष गरे
सकुशल ल्याएकोमा चारै दिशाहरुलाई हात जोडी धन्यवाद गरे
अनि तिमी र तिम्रा मायाका निम्ति हतारिदै पाईला सारिरहे
मनमा तिमी तिमीसँग जोडिएका भावको उर्जा होला सायद
म थाकेको अनि मेरो शरीरमा ज्वरो भएको पनि पत्तै पाइन अरे
सानु कसरी सुनाऊँ तिमीलाई मेरो शरीरमा कोरोना छ अरे

सानु मैले केही गल्ती गरेको छुइन मेरो केही दोष पनि छैन
मेरो मनमा तिमी छौ मेरो मनले तिमीलाई चाहिरेको छ
एक हातले छोरी र अर्को हातले तिमीलाई समाउन मन गरिरहेको छ
तर कोराना भएको कारण मलाई तिमीदेखि टाढा पुर्याउन खोजिरहेको छ
हो सानु म धेरै बेचैनमा भएको छु अनि धेरै दुःखी पनि भएको छु
हिजोसम्म ठिकै देखिने मान्छे आज म भित्र काललाई साचेको जस्तो छु
तिमीलाई भेटने चाहनाहरुलाई आधाबाटोमा आएर अन्तै मोडेको छु
म भित्रको कोरोनालाई जितेर तिमीलाई भेटन पाउ पशुपतिसँग आशिष मागेको छु
पशुपति बाबासँग आशिष मागेको छु

म आउछु सानु तिमीलाई भेटन कोभीड कोरोनालाई जितेर
म आउछु सानु तिम्रो माया पाउन मेरो यो दिलको ढोको खोलेर
केही दिन त हो म फेरि एकलै बस्दैछु कोलोडान्समा म भित्रको कोरोनालाई मार्न
पापी छन् ती भाइसर चाहदिन तिमी अनि परिवारमा सार्न
मन छोटो नगर सानु यो त साना तिना रोग हुन पकै निको हुने छ
तिम्रो र मेरो मिलनको भावलाई पक्कै इष्टदेवले सुन्ने छ
म निको हुनेछु अनि म भित्रको कोभीड कोरोना मर्ने छ
तिमी र म मिलन भएको त्यो साँझ सदा सदाका लागि स्मरणीय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *