अचेल देख्छु आफैलाई
अनि मेरा जीवनका पाइलाहरूलाई
जाहा सुधारमय पंक्तिहरू देखिन्छ
आफैलाई छोडी अरुको पाई पछि कसरी लम्कयौ
मेरा पाइलालाई परिवर्तण गर्न सकिए
जीवनको यथार्थमा दौडान सकिए
मेरा जीवन त्यसैमा सार्थक हुन सकिन्छ जस्तो भान हुन्छ
र मैलो आफ्ना पाई मुनि लुकेका
विकृतका फूलहरूसँग साक्षात्कार गरिरहेको छु
अनि स्वयं परिवर्तनका रेखाचित्रहरू खोरिरहेको छु
त्यसै चित्रको बाटोमा मार्ग चित्र मान्दै अगाडि बढिरहेको छु
मैले आफूलाई विगारेर समाजलाई केही दिन्न
मबाट त्यही विकृत जानेछ जो मसँग थियो
तसर्थ मेरा विकृत फूलहरूलाई
सुगन्धित बनाउन चाहन्छु
अनि त्यही सुगन्धित फूलको बासनामा
पहिले आफै त्यसमा रमाएर डुब्न चाहन्छु
र स्वय आत्मालाई पनि डुवानउ चाहन्छु
अनि मात्र मैले त्यस आन्नद समाजलाई अर्पण गर्ने छु
तिम्रो नजरमा म स्वर्थी नै बन्न चाहन्छु
स्वार्थको त्यो कित्तामा म रमाउन चाहन्छु
स्वर्थ भित्रको प्रेमरसलाई पिउन चाहन्छु
मेरा विकृत स्वर्थपनलाई त्यसैमा स्वच्छ बनाउन चाहन्छु
म अनि मेरा पाइला आफैबाट तिर्खान चाहन्छु
हिडदा हिडदै थकित मनबाटा साहासका केन्द्र बनाउन चाहन्छु
मबाट मेरा समाजका आगनमा सयौ विकृत फल हैन
केवल एक सवल फल दिन चाहन्छु
सय विकृत फललाई रोक्न चाहन्छु
मेरा हृदयका पर्दाभित्र सत्यताका अंश
खोज्न प्रयत्न गर्न चाहन्छु
त्यही सत्यताको महलबाट
परिवर्तणको आवज निकाल्न चाहन्छु
म मेरा मनवाट होइन मेरा आत्माबाट
परिवर्तणको सुरुवात गर्न लालायत हुन चाहन्छु
जो सानो तृष्णा र वासनाको अगाडि झुक्ने छैन
केवल प्रकृति प्रेमामा समपर्ण गर्नेछ
र जीवनको अन्त्येष्टि त्यसैमा गर्नेछ ।
