Skip to content

तिम्रो दिलको महलमा


तिम्रो दिलको महलमा
अचेल मायाको हावा हुरी चलेको छ
त्यही हावा हुरीको विचमा
मेरो मायाको दीप बलेको छ

मायाको दिपलाई निभाउछौ वा जोगाउछौ
तिम्रै विश्वासमा छोडेको छु
मेरो यो हृदयको तरङ्गमा
मायाको रङ्ग मिसाई तिम्रो तस्विर कोरेको छु

भावनाले जोडियोको तिम्रो र मेरो सम्बन्ध
दुई हृदयमा घर बनाइसकेको छ
एक तल्ले दुई तल्ले घर होइन हाम्रो
साथ जिउने साथ मर्ने सङ्कल्प लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *