चाहिदैन मलाई आकाशको तारा
चाहिदैन मलाई पूर्णेको जुन
सक्छौ भने गरिराख सदैव
दुई आत्माका मिलन
अनि बाँडिराख मिलन भित्रको मिठो प्यार
अनि म त्यही प्यारमा हराइरहुँ
तिम्रै छायाको वरपर नाचिरहुँ
उमंगले दिल खोलेर हाँसिरहुँ
म तिमीसँगै साथ साथ रहिरहुँ
चहिन्न मलाई सुनचादीको शृंगार
चाहिन्न मलाई मोतीको उपहार
सक्छौ भने देऊ मलाई
त्यो हृदयले भरिएको प्यार
जहाँ म मेरो घर बसाउन सकुँ
त्यहाँ सृजनाका फुल फुलाउन सकुँ
त्यो फुलहरुलाई स्याहार गर्न सकुँ
त्यही फूलहरुको वरपर रमाउन सँकु
बस् म त्यति साथ पाइरहुँ
अनि तिम्रै वरपर हाँसिरहुँ
सुन्न चाहँदिन म लैला मजनुको कथा
दोहर्याउन चाहँदिनमा मदनबिना मुना झै व्यथा
सक्छौ भने मलाई मजनु झै प्यारले भरिदेऊ
मुना झै मलाई छोडी विन्ती ल्हासा नगइदेऊ
भोको प्यासा भए आफनै भूमिमा खाउँला
दुई आत्माको मिलनबाट नयापन खोजौंला
यही भूमिबाट सृजनाको लहराहरू ठुला बनाउला
अनि त्यही लहराहरुमा लुकामारी खेलाउला
बस मलाई त्यही सपना सजाई देऊ
तिम्रो हृदयको कुना कुनामा लुकाई लेऊ
