ज्ञानको ज्योति दिइने गुरु मदेखि धेरै टाढा छन्
विना गुरु हरेक पाइला काडा नै काडा छन्
हिँडदै जाँदा लडिन्छ एकलो छैन नि समाउने
थकित यो मन, निराश जीवन, सत्यमा छैन नि डोराउने
शरीर मात्र होइन गुरु भावले पनि मान्दछु
दिएका ज्ञान, देखाइएका वाटो, साहस गरी हिडदछु
गुरुको चरण पाईन छुन्न फूलको थुंगाले
गुरु ज्ञानले नुहाए जीवन रमाउछन गंगाले
गुरुको वचन शक्तिको वाण बुझ्नु छ आत्माले
सत्य नै गुरु, ब्यबहार नै शिक्षा देखाउ साराले
गुरुलाई सम्झि लेउ संकल्प आजको दिनमा
मानवीय जीवन फाल्ने होइन ख्याल र ख्यालैमा
गुरु चरण सत्यको शरण प्रकृतिको अह्वान
गुरु ज्ञानले रहन्छ जीवन सदैव जवान
भावनाको नाउमा चढी आत्मा गर्दछ बन्दना
आईदेउ गुरु आजको दिन ह्दयको यो आगन
गुरुको बलले रमन पाउ हासेर आजको दिन
विवेकमय द्वार खोलेर जाउ हेर्न सकुँ हरेक छिन