मैले पनि माया गर्न चाहन्थे
मायाले भरिएको संसार हेर्न चाहन्थे
एकलो पनको यो संसार त्याग्दै
तिम्रै हृदयको कुनामा बस्न चाहन्थे
हात जब दियौ तिमी मलाई समाउन
गरिब थाहा पाएर पनि चाहयौ अपनाउन
अनि तिम्रो माहान्ताको सागर देखे
त्यही मायाको सागरमा मैले आफनो सब बिर्से
हेराई भित्रको त्यो तिम्रो माया
नजिक हुदा बल्ल थाहा पाए
सागरको तरंगमा नून झै बिस्तारै
तिम्रो माया एकाएक बिलाए
तिम्रो प्रेमको नूनिलो स्वाद
निल्न पनि गाह्रो ओकलन पनि गाह्रो भो
न खाऊ भने पनि
एक्लै बाँच्नै झन सारो भो
अमिरपनको तिम्रो त्यो भावना
मलाई समिपमा राखी जिस्काइरहयो
प्रेमको रंगमञ्चमा मलाई
निरीह पात्र भनाई नचाइरहयो
तिम्रो परिभाषाको प्रेमले
मेरो जवानीसँग रमाउनु थियो
यो शरीरलाई साथ लिई
यौवनको प्यास तिमीले विसाउनु थियो
तर मैले तिमीलाई मायामा गरिबपन होइन
पवित्र माया दिएको थिए
बनावटी सपना सजाइएको थिइन मैले
हृदयले चाहेर अपानाएको थिए
तिम्रो प्रेमको नूनिलो स्वाद पनि लिइरहन्छु
गारिबपनबाट सृजित यो प्रेम सदैव बाटिरन्छु
रहुन्जेल यो तन तिमीलाई आफनो सम्झिरहन्छु
आफै भित्रबाट प्रेमालाप लिइरहन्छु ।
