Skip to content

मेरो कथा त्यो वृक्षलाई सोध


म अँझ पनि जीवित झै लाग्छ
मेरा आवाज अँझ पनि त्यही वरपर गुन्जिरहन्छ
हामी सपरिवार त्यहीबाट
आफ्ना भूगोल नियालिरहेको हुन्छु
अनि कोही हृदयलाई बुझने
आत्मालाई देख्ने आत्मालई भनिरहन्छु
मेरो कथा त्यो वृक्षलाई सोध
म कसरी मारिए
मेरा वंशज कसरी बिनासिए
अनि कसरी टाढियो मेरा तन नेपालीजनबाट

मलाई गोलीको धारले छाती चिरिंदा पनि
म मेरा प्राण काबुमा नै राखेका थिए
तर ती दुष्टले गोलीबाट छटपटाहट मेरा तनलाई
निर्मतापूर्वक दाविरहयो अनि म छटपटाइरहयो
त्यो दुष्ट जो मेरा लागि विष खुवाइएको सर्प झै
मेरा शरीरलाई ठुग्दै विष ओकलिरहयो
सोध त्यो वृक्षलाई मैले संरक्षण दिएको
कुकुरलेकसरी टोक्यो अनि
दुध खुवाएर राखेको शर्पले
विष कसरी फाल्यो हो सोध त्यो वृक्षलाई

अरु मेरा साक्षी कोही पनि छैन
मेरा तनलाई छियाछिया पारेको खेल हेर्ने
अरु कोही पनि छैन वस त्यही वृक्षले
मेरा वास्तवविकतालाई देखेको छ
मेरा वास्तविकतालाई देखेर तिनको मन कापेको छ
अँझ पनि त्यो वृक्ष प्रत्येक रातको १२ वजेमा रोइरहेको छ
अनि हाम्रो आत्मालाई सरक्षण दिइरहेको छ
र त मैले नागोका आँखाले न देख्न सके पनि
मेरा आत्माले ती सव लिला देखिरहेको छु

म अँझ पनि मेरा प्यारो काठमाण्डौ गुमिरहेको छु
मेरा दुष्ट आफन्तलाई पनि देखिरहेको छु
कुनै वेला आवेशमा आउछु
अनि आत्मा कै वलमा वदला लिने मनमा आउछ
तर मेरा आत्मा प्रेत आत्मा नभई
अमर आत्मा भएको सान्तवान दिन्छ
अनि म शान्त हुन्छु र फेरि वृक्षकै सहारामा जान्छु
फेरि पनि नेपाली जनजनलाई नियाली हेरिरहन्छु

मलाई अँझ पनि पूर्व जान मन लाग्छ
पाथीभरा एक पटक घुमन रहर जाग्छ
लुम्बिनीमा गई शान्ति दुत बुद्धलाई
आफनो वास्तविकतालाई सुनाउन मन लाग्छ
मलाई एक पटक मेची र महाकालीको सीमाना पुगी
निश्चित पानीको फेहराहरुसँग मेरो कहालीदो रातको
अतित साटन मन लाग्छ
तर म विवश छु मेरो आत्मा वृक्षको तनमा मिश्रित छ
धेरै लामो यात्रा गर्न सक्नि
र फेरि पनि फर्केर त्यही मिश्रित हुन्छु

मलाई फेरि पनि एउटा वास्तविकता भन्नै मन लागेको छ
मलाई जलाएको चित्तामा म जलेको छैन
म अँझ पनि प्रत्येक रात चिच्याइरहेका छु
मृत्युको छल्न म दौडिरहेको हुन्छु
दौडदा दौडदा म पछारिनपुग्छु
अनि घाटीमा दुई खुटका वलले मलाई
स्वास नलिलाई छेक्न खाज्दै म उडेर वृक्षमा मिश्रित हुन्छु
अब दशाकौ वित्यो म यहिरहन सक्दिन
हरेक रात चिचाहट बनेर यो वृक्षको सहारा लिदिन
म अब साचिकै जल्न चाहन्छु
म सदा सदाका लागि मुक्ति हुन चाहन्छु
मेरो आत्मा जलाई देऊ
मेरो आत्मासँगै म मिश्रित भएको वृक्ष जलाई देऊ
यति थोरै अँझै ममाथि दाया गरी देऊ
हे मैले संरक्षण दिएका कुकुरहरू
वा मैले दुध खुवाएर पालेका शर्पहरू
या मुकदर्शक भई वसेका मेरा प्यरा सर्वसाधारणहरू
वस अब मलाई साचिकै जलाई देऊ
मेरो आत्मालाई अब सदाका लागि उडाई देऊ
मलाई आकाशमा विलिन बनाई देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *