मायामा आगो लगाई गयौ यो दिल जलाएर
अर्कैको हात समाई गयौ दुनिया हसाएर
खाएको कसम जोडेको नाता गएछौ तोडेर
आँखामा आशु दिएर गयौ मुटुलाई फोडेर
जलिरहेछु विछोडको रापमा यो जिउदो तनमा
दुखको विगुल बजिरहेछ यो भित्री मनमा
चरी चै एकलो भौतारी हिडछु उराठ बनमा
कसलाई देखाऊ कसले देख्छ मेरो यो मनमा ?
आगोको जलन सहज हुन्थ्यो मलाई सहन
जीवनको बाटो सक्थ्यो होला एकलै हिडन
हृदयमा घर बनाई तिनले सकेछ तोडन
मायाको खोल ओढेर उनले सकेछ फेरन
खरानी पनि आउछ है काम नबन वेइमानी
मायाको तिम्रो चिनो हु म पहिलो निसानी
लोभले तिमलाई तान्यो होला भएछौ बैगुनी
पाईला चाल्यौ अन्तै मोडयौ हृदयनै नसुनि
मायाको भरमा परेर आज भएछु निरास
मरेर पनि बारिहेछु बनेर एक लास
चोटमाथि चोट खाए गरेर विश्वास
सक्छौ भने मृत्यु देऊ छैन अब जिउने आश
