Skip to content

किन पलपल मलाई तडपाउछौ ?

किन पल पल तिमीले
मलाई सदैव तडपाउछौ ?
ह्दयमा लागेको त्यो पुरानो घाउमा
आएर मलाई नुन किन छर्कन्छौ ?

आशा मैले पनि त्यागि सेको छु
तिम्रो माया पाउदिन भनेर
तिम्रो साथ छोडने निर्णय गरिसके
चोट विच सक्दिन रहन सदैव बलेर

तिम्रो निम्ति मेरो प्रेम सस्तो रहेछ क्यारे
र त तिमीले हासेर भुलन खोज्यौ
तिमीलाई प्रेम भन्दा धन र पद ठुलो रहेछ क्यारे
र त तिमीले अरुकै हातलाई सहज रोज्यौ

जाऔ प्रिय अव याद पनि सवै लिएर जाउ
मेरो जीवनमा सपनी जस्तै भो अव नआउ
जे थियो सवै मेटीदेउ नराख ह्दयमा मेरो नाउ
भो प्रिय अव मलाई पलपल अव नतडपाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *