हृदय जलेको कथा कसरी म सुनाउनु ?
आँसुको दहमा थियो मैले नुहाउनु
आफन्तको कुरा खै मैले के बताउनु ?
विझेको त्यो घाउ मैले किन पो दुखाउनु ?
जीवनको आधी भागमा उनले हात समाएथ्यो
अंगालोमा बाधिएर मिठा मिठा कुरा गर्थ्यो
जीवन भरि साथ दिने बचन पनि उनले गरेथ्यो
वैगुनी तिमी नबनु है भन्दै मलाई समझाउदथ्यो
भन्थ्यो उनी मेरो जीवनको खुशी तिमीलाई साट्नेछु
यो तनको थोपा थोपा रगतमा तिम्रो नाम लेख्नेछु
विश्वास गर प्रिय कसम हो मेरो सत्य भन्दैछु
यही हातले तिम्रो सिउदो मैले सजाउनेछु
अरु के के देखाएयो सपना मलाई
जानु रैछ उनलाई मेरो हृदय जलाई
खुशि थियो उनी पनि मेरो जोवन पाई
उराठ जीवनमा उनले सल्काई गयो सलाई
बाध्यतामा जादैछु रे मेरो जन्मभूमि
माया मेरो तिमीलाई हो नभन वैगुनी
लेखी पठायो अन्तिम पत्र मलाई पराई ठानी
के सम्झनु मैले को थियो बैईमानी ?
आशा भित्र तुसारो बन्यो कसरी मन सम्हालनु
आफन्तको चोट मैले कसरी पो सहनु
हृदय टुक्रिने कथा मैले कसरी पो लेख्नु
हृदय जलेको कथा कसरी पो म सुनाउनु ?
विझेको त्यो घाउ मैले किन पो दुखाउनु
