Skip to content

कसरी एका एक तिनको हृदय ढुगाँ बन्न सक्दछ र ?


मैले अँझै पनि बुझन सकिन प्रेमको त्यो परिभाषाहरू
छुटयाउनै सकिन मैले जीवनका अभिलाषाहरू
आधीवाटोमा भेट भई दिन आए प्रेमका रस
केही पाईला हिडदै जादा छोडी गए आफनै हातहरू

जब उनी गए मेरा हिडने पाईला मोडी
म विक्षप्त भए बुझनै सकन
किन यसरी उनको हृदय कठोर बन्यो
कसरी एका एक तिनको हृदय ढुगाँ बन्न सक्दछ र ?

तिनैले मेरो हृदयको धडकन थामिएको थियो
प्रेमको परिभाषाहरूसँग खेल्न सिकाएको थियो
फेरि कसरी तिनैले मेरो हृदयमा नून छर्कन सक्छ र ?
कसरी एका एक तिनको हृदय ढुगाँ बन्न सक्दछ र ?

जब मैले तिनको प्रेमलाई अस्वीकार गरिदिएको थिए
तिनी विक्षप्त हृदयले मलाई गुहार मागिरहेको थिए
अनि तिनले मेरो अगाडि कसम खाएको थिए
अनि कसरी एका एक तिनको हृदय ढुगाँ बन्न सक्दछ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *