पीडा जति मलाई दिऔ सुख जति अन्तै बडौं
के भुल थियो र ? मलाई एकलै छाडौं
किन जल्छ मुटु तिम्रो याद आइरहदा ?
किन रुन्छ यो मन तिमीले छोडिएरजादा ?
चाहानामा तिमी थियौ मन भरि सजिएका
विछोड हुनु थियो क्यारे भाग्यमा हाम्रो लेखिएका
विरही झै हृदय बन्यो हासो खोज्ने रहरहरू
आसु पुछदैछु भनी निमोठन आफन्तको नजरहरू
हृदय मेरो टुक्रा भयो सम्हालु म कसरी ?
आश टुटयो जीवनवाट सिसा फुटेसरी
