मेरो जीवनको हरियाली वातावरणलाई
पतझड झै उजाड बनाएर गयौ
मायाको सदभाव देखाई यो ह्दयलाई
आगो विना नै जलाएर गयौ
जलाउनु थियो भने मेरा संसार जलाउनु पथ्र्यो
किन आधाकिल्चो छोडेर गयौ ?
म त्यही रापमा सदाको लागि विलाएर जान्थ्ये
भन किन मलाई मरि तुल्य बनाएर गयौं ?
कुन जुनीको बदला लिएको हौ तिमीले त्यो पनि त भन ?
किन परिवारवाट छोडाइ एकलो बनाएर गयौ ?
निस्ठुरी र वेईमानी बन्दिन भन्थ्यौ भन
प्रेमको बदला घृणाको विष दिएर गयौ
कुन वैरको कुदष्टिमा तिमीले मलाई ?
प्रेमको नाम दिई विष संगै घोलेर गयौ
मेरो ह्दयलाई छिया छिया बनाई
कसरी तिमी अरु संग हास्दै गयौ ?
जाउ तिमी पनि म जस्तै तडपिने छौ
जसरी मलाई तडपाएर गयौ
तिम्रो यात्रामा पनि विस्वासघातको छाया आउनेछ
जसरी मलाई विस्वासघात गरेर गयौ
