Skip to content

आँसुको मुहान ह्दयमा फुटयो


आँसुको मुहान ह्दयमा फुटयो कसरी म रोक्नु
बैरीले यादहरू छोडेर गायो कसरी म बिर्सनु
सम्झना मात्र बनेर आउछ म कसरी छेक्नु
बितेका त्यो पल छोपेर मैले कहाँ पो राख्नु ?

ह्दयमा घाउ बनाई गयो प्रेमको खेलले
जीउन गाह्यो भइरहयो त्यो सानो भुलले
नयाँ बाटो खोज्न पुग्दा अतितले तर्साउछ
सम्झना बनी आँखाबाट आसु पो वर्साउछु

हात समाई बाटो देखाउँदै हिडेको त्यो क्षण
ह्दय जल्दछ सम्झेर आफै सकिन्न बिर्सन
आँसुले पोल्छ आगो जस्तै सकिन मन सम्हाल्न
पराईको भयो सदालाई उनी सकिन अंगाल्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *