Skip to content

फेरी बन्दको लहर बढदै छ ……

फेरी देशमा बन्द र हडतालको लहर वढदैछ
लोकतन्त्र गणतन्त्रमय देशको खिल्लि उडाउदै
सडक बन्द र हडतालवाट न्याय माग गर्दैछ
कानुनले दिएको पद र वर्दिहरु निरिह भई चुपचाप हेर्दैछ

न्याय नपाएर बन्द र हडताल गर्ने नै हो भने
देशमा अदालतहरुको के काम
भ्रष्ट र लालचीहरुको विरुद्ध अन्न त्याग गर्ने हो भने
आउने साशान प्रक्रियाको के काम

बन्दको संस्कारले गाणतन्त्र लोकतन्त्रको नितीलाई मेटाउन सक्दछ
लोभी स्वाथीहरुको एकल हाबीमा यो सुन्दर मुलुकलाई धर्मराउन सक्दछ
खोजौ नया संस्कार विरोध जनाउने जुन देश पनि फाईदा हुनसक्दछ
नेपालीको सृजनात्मक विरोधवाट विस्वले सिक्न सक्दछ

छिटै प्रतिफल पाउन गरिए बन्द र हडताल
हामै्र सामजलाई बनाउछ यसले हाल वेहाल
आफनै आउने सन्ततिको निम्ती नफालौ कष्टमय जाल
देश हाम्रै हो मिलेर हामी सवैले सम्महाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *