किन तिम्रा यादहरूले मलाई सताउदछ
हृदयलाई रेटी रेटी आसु किन खोस्दछ,
पोल्ने तयो आगोभन्दा बेसरी नै पोल्दछ
आखाबाट आसु तिम्रो यादमा खस्दछ
जब म निदाउन खोज्छु मलाई जिस्काउछ
जिस्काउदै हृदयलाई त्यो त्रिसुल हान्छ
नसहने गरी यो हृदय जलाउछ
हृदयको चोटलले आँखा रसाउछ
किन तिमो यादले यसरी तडपाउछ
तिम्रो खेल्ने मैदन होइन मेरो यो हृदय
चोटमाथि चोट दिने कस्तो यो अभिनय
पढनै नसकिने अथाह रहेछ प्रेम भन्न विषय
आफू मेटी हृदयलाई रेटी पुग्दो होला निश्चय
बालुवा घर जस्तो तिम्रो मायाको घर थियो
नचलेरै हुरी वतास उडेर अन्तै गयो
जिउनु अब ब्यर्थ मलाई तिमीले बनायो
मयााके खेलमा तिमी वैरी मलाई तडपायौ
हृदयको दुखाई कसरी सुनाउ सुन्दैन यो समाज
मनको घाउ मेटन खोज्छु पाइनन कुनै साझ
रातको निन्दौ वैरीले खोसे आई हृदयको माझ
तोडेर सपना छोडेरलाई गए नमानी लाज
