काहा छौ तिमी हे मेरी मनकी रानी ?
अधुरो नवनोस तिम्रो र मेरो विचको कहानी
भन प्रिय कहिले समर्पण गर्छौ त्यो तिम्रो जवानी ?
कति तडपाउछौ बनेर तिमी बनेर प्रितको बेईमानी ?
सपनीमा मात्र किन तिमी तडपाउन आउछौ ?
हातमा हात समाई किन अंगालो लाउछौ ?
मेरो त्यहि क्षणले वैरी बन्छ आफनै सिरानी
भन प्रिय किन तडपाउन आउछौ जानी जानी ?
भन्न त भनेका छौ मेरै हुन्छु भनेर
कति यसरी बस्यौ तिमीलाई नै सम्झेर
डर लाग्छ कहि तिमी अरुको पो हुने हो मलाई छोडेर
तिमी र म विच वित्ने हो की जीवन छुटिएर
आउ प्रिय धेरै बाटो अव नर्कुन लगाउ
यो ह्दय संग त्यो ह्दय अव मिलाउ
धेरै भो तिमीवाट टाढिएको अव नतडपाउ
जीवनको प्रेम रसमा मलाई तिमीले अव डुवाउ
तिम्रो प्रेमको भावमा म डुवन चाहन्छु
अतितका दुखद पलहरु भुल्न चाहन्छु
तिम्रो हातले मेरो तनहरुलाई पुछन चाहन्छु
आउ प्रिय तिमीबाट अव जिवन जिउन चाहन्छु
