Skip to content

तिम्रै नामको यो सिउदो


तिम्रै निम्ति यो जोवन साचेको थिए
तिमी आउछौ भनी हर क्षण पर्खेको थिए
तिम्रै नाममा यो सिउदो राखेको थिए
तिम्रै निम्ति हरेक रात रोएको थिए

तिमीले दिएको वचन अनुसार तिमीलाई नै साचेको थिए
तिमी फर्कन्छौ भनी दिन गनी बसेको थिए
तर जब तिम्रो अतो पतो पाइन छाडदै गईयो
अनि तिम्रो प्रेममा अर्कै सौता पर्दै गईयो

तिमी नै हौ मेरो जीवनको भनी ठानेको थिए
तिम्रै नामको यो सिउदो रहेको थियो
तर जब तिम्रो आउने वाटोहरू बन्द हुदै गईयो
र त मलाई पराईको घरमा पठाउनै परियो

आफनो माटो छाडेर गए पछि तिमी आउन छोडी दियौ
बोलाउदै छ नेपाली पनले तर तिमी भुलि दियौ
यस्तो हुन्छ जानेको भए तिमीलाई विदेशीन दिने थिएन
आफनै प्रेमको शत्रु आफै बन्ने थिएन

तिम्रो नामको सिन्दुर यो जुनीमा लाउन सकिन
फेरि जुनी पाए तिमीसँगै वाचौला
पराई देश होइन तव आफनै देशमा वाचौला
नून रोटी भए पनि यही नै खाउला

तिमीलाई भनी राखिएको माया अरुलाई सम्पर्ण गर्नै पर्यो
जब तिमी आउने आशाको किरणहरू हराउदै आयो
भुल होइन मेरो बाध्यता बनेर आयो
तिमीलाई भनी राखिएको सिउदा अरुको नाम गर्नु पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *