भुल मैले नै गरे तिम्रो हात समाई हिडन सिकाए
नदेिएको बाटोहरू तिमीलाई मैले बेकारै देखाए
सुन्दर र आकर्षकमा परेर तिमी लोभएछौ
के थाहा र तिमीले मलाई छोडेर जानेछौ ?
थाहै थिएन तिमीले त्यही बाटोमा मलाई छाडछौ
कुनै अर्कै हातलाई समाई जीवनबाट दूर जान्छौ
मेलै त केवल आफनो भनी संसारका बाटोहरू देखाउदै थिए
तिमी भने मेरो प्रेमको अन्तको खेल रचदै थियौ
हृदय खोलेर देखाउनु मेरौ गल्ती भएछ
त्यही हृदय तिम्रो लागि खेल खेल्ने मैदान बनेछ
मैले केवल प्रीतका खेलहरू रचिरहे
तिमीले भने हृदय जलाउने तरगहरू खोजिरहयौ
बुझेको भए तिम्रो त्यो जाल
हुने थिएन जीवनमा मेरो यसरी वेहाल
रित्तिएको भाडो झै भएको जीवन नै सुनसान
ठमाउन सकिएको छैन कुन दिन, रात हो या विहान
तिम्रो हृदयलाई बुझन नसक्नु मेरै गल्तीरहेछ
आँखा र भाका नवुझनु अन्धो प्रीति पो रहेछ
खुल्ला हृदयले नदेखिएको त्यो तिम्रो आफै देखायौ
मेरो निम्ति सदाको लागि बाटो विरायौ
