मैले पनि तिमी जस्तै निर्मोही बन्नु पर्ने पो थियो
सायद तिमीलाई मायाको त्यो नूनिलो स्वाद दिलाउनु थियो
हो साचै कति पीडा हुदो रहे छ भनी बोध गराउने थियो
तर खै किन यो हृदयमा तिमीलाई दिने माया नै भरिएछ ?
तिमीले तडपाउने पीडाको बदला लिन बैगुनी पो बन्नु पर्ने थियो
धोकेबाजको दिनुपर्ने सजाय सवको सामुनेमा दिनु थियो
कस्तो हुन्छ पीडा पाउदा रोएको आशु पुछने सिकाउनु थियो
तर मेरो हृदयमा आसु लुकाई खुशि दिने सदभावले नै भरिएछ
तिमीले दोबाटो छोडेर जादा श्राप दिने बोक्सी पो बन्नु पर्ने थियो
मेरो यौवनसँग खेल्ने त्यो भावनालाई नथ्थि लाउनु पर्ने थियो
भावनालाई कुल्चेर जाने त्यो स्वार्थी मनलाई विरहको रापमा जलाउनु थियो
तर मेरो मन अँझै पनि पुजारी झै प्रेम वाडने भावना पो रहेछ
फेरि पनि यो भावनालाई कुल्चने प्रयास नगर्नु
मेरो यो निश्चल भावलाई कमजोरी नठानु
म तिम्रो नै रहेको छु जाऊ तिमी आफूलाई सम्हालनु
पाउनु मात्र प्रेम होइन त्याग भित्र पनि प्रेम खोज्नु