Skip to content

तिम्रो आखावाट मेरो तस्विर हटाई देऊ

तिम्रो आखाबाट मेरो तस्विर अव हटाई देऊ
मलाई पाउने आशा अव तिमीले त्यागि देऊ
हो तिमी त ठुला भनाउदा की सन्तान हौ अरे
अरे म त पानी नछोईने पो परे अरे
मैले तिमी र तिमा्र संस्कारबाट तिस्कृत सदैव हुन सक्दिन
तिम्रो र मेरो विच पर्खालको विच सम्वन्ध जोडन सक्दिन
त्यसैले मेरो आग्रह तिमीलाई भो मलाई विर्सिदेउ
तिम्रो र मेरो विचको त्यो अतितलाई अव मेटी दmे

तिमीलाई अपनाउन सक्ने साहस म भित्र छ
तर तिमीबाटै मैले धोका खान सक्छु
तिमीले नै मलाई लडाउन सक्छौ
त्यसैले आफनै आत्मिएताबाट म हार्न चाहन्न
तिम्रै शत्रु म सदैब बन्न चाहन्न
त्यसैले मेरो आग्रहलाई मान र मलाई एकलो छाडिदेउ
तिमी त्यो सिउदो अरु कसैको नाममा गरिदेऊ

म संग बाच्न चाहेउ भन्ने पल पलमा तिरस्कार पाउछौ
जन्म दिने आमा बालाई आफुवाट गुमाउछौ
म त्यो हेर्न चाहदिन ,
तिम्रो त्यो पिडालाई म मलम लगाउन सक्दिन
हरेक थोक तिमीलाई दिन सकुला तर
परिवारको माया दिन सक्दिन
त्यसैले म तिमी आग्रह गर्छु तिमी परिवारलाई छान
र मेरो जिवनलाई विर्सिंदेउ

म तिमीलाई भनेकै थिए
तिम्रो मेरो सम्बन्ध समाजले पचाउन सकिदैन
मेरो जीवनमा आउन नखोज
तर तिमी त्यो पलको भाव बुझेनौ
र आज एकलो एकलो बनेर बसाईएको छ
तर पनि केही भएको छैन
तिमीले केही त्याग गरि हाल
अनि जविनलाई सुन्दर बनाईहाल
म केही दिनमा तडपिएला र फेरी सम्हालिएला
तर तिम्रो आखामा सदैव आसु देख्न सक्दिैन
त्यसैले म विन्ती गर्छु तिमी मलाई सदाको लागि भुलि देउ
तिम्रो ह्दयमा रहेको मेरो लागिको प्रेम मेटिदेऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *