Skip to content

कालो फुल…

कसैले फुलेको नदेखिने भनिन्छ कालो फुल
संस्कार वेग्लै जीवन अलगै कस्तो होला यो कुल
पानी विनाको फुलन खोज्ने त्यो कालो फुल
समाजलाई चुनौती दिन्छ मान्दै न आफनो भुल

ढुगा झै चटान पृष्टभुमी लिएर जन्म छ
हुरी र बतास सौर्यको ताप सहेर हुर्कन्छ
अरुको कुल्चाई जीवनको भोगाई लिएर बढदछ
फुलै विचमा अशुभ भई संज्ञा त पाउदछ

मन्दिर चढने आशा केवल आशामा रहिगायो
गालामा राख्ने धागोले पनि पराई पो ठानिगयो
कोपीलामय चिथोर्न खोज्छ विशेषता लुटियो
भाव विनाको शब्दको यात्रा हिडदै देखियो

निरास भाव माटोको पनि कसैले बुझेन
विलासी जिवन खेलको विचमा कसैले देखेन
धुसा्रे र मैलौ माटोमै मिल्ने माटोझै त्यो धुल
दुःखको भीरमा फुलेको थ्यो त्यो कालो फुल

कालो धुवाले निसासी ए झै उनको त्यो जीवन
मन्दिरमा पुगी चिनाउने अन्तर ह्दयको कथन
वोकेर पनि हजारौ पीडा लाखौ शुल
गर्भले भन्छ हु म एउटा त्यो सुन्दर कालो फुल

स्वार्थी आखाले देखिन्न जीवन ब्यर्थलाई हैरान भो
उख्खेलन खोज्छौ किन पो जीवन त्यो मन त बैमान भो
पानी न दिने त्यो तिम्रो हात नगर उखेल्ने भुल
कालो वनाई घुमाई दिन्छु न समझ माटाको धुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *