खै उस बेलाको यो बुढेसकालमा के कुरा गर्ने
खाने नखानेको कुरै थिएन
जे पनि खाइन्थ्यो
जाने नजानेको ठेगान थिएन
जहाँ पनि गइन्थ्यो
बोल्ने नबोल्ने कुराको हेक्कै थिएन
जे पनि बोलिन्थ्यो
भन्न पनि अहिले ता लाज लाग्छ
उ बेला के मात्र गरिएन
अरुलाइ नभन्नुहोला
तपाइँहरुलाइ मात्र सुटुक्क भन्छु
एक बाजि ता
झन्डै लाटीका फेला परिएन ।
