Skip to content

भाइको बिहे नगरिदिनुहोला


आमा केही वर्ष भाइको बिहे नगरिदिनु होला
गरिहाल्नु भयो भने
स्वाभाविकै हो
उसका पनि छोराछोरी हुन सक्छन्
तिनलाई हुर्काउनु पर्छ
तिनलाई पढाउनु पनि पर्छ
तिनलाई विद्यालयमा भर्ना पनि गर्नु पर्छ ।
भर्ना गर्नासाथ के हुन्छ आमा तपाईंलाई थाहा छ ?
विद्यालयमा खुट्टा हालेकै दिनदेखि
त्यहाँ पार्टीका झन्डा बोक्न सिकाइने छ
त्यसै दिनदेखि त्यहाँ जातजातिको रटान सिकाइने छ
देशभागबन्डाको पाठ पढाउन थालिनेछ
भवन, पुल जस्ता संरचनाहरू
ध्वस्त पार्ने कुरा सिकाउन थालिने छ ।
वैमनश्यका कुरा सिकाउन थालिने छ ।
यसैले त्यहाँ एउटा विध्वंसक बनाउनका लागि
बिहे गर्नुभन्दा
आमा, अहिलेलाई भाइको बिहे नै नगरी
यतै कतारतिरै पठाइदिनुहोला
मिल्छ भने
उसकी प्रेमिकालाई पनि
बरु यतैको भिसा लगाउन भनिदिनुहोला
अहिलेलाई भाइको बिहे नगरिदिनुहोला ।
बिहे नगरिदिनुहोला

होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *