Skip to content

कतार बसें दुबै बसें

कतार बस्थें दुबै बस्थें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *