Skip to content

केही शृङ्गारिक मुक्तकहरु


मुक्तकः १

निहुरिएर आँगन नबढार नानी भोका आँखा पर्न सक्छन्
छुन ता के पाऊन् हेरेरै गर्नु नगर्नु गर्न सक्छन्
अलिक सतर्क भएर यो काम गर्नु नानी
तिनका कामुक अउँसाहाहरु तिम्रो छातीमा सर्न सक्छन् ।।

मुक्तकः २
मलाई तुरुक्क आँसु झार्न पनि मिलेन समाज खडा छ
मैले मुसुक्क हाँस्नु पनि भएन समाज खडा छ
बरु सुटुक्क कतै लग न कान्छा मलाई
यो समाजको नियम मायालुका लागि सारै कडा छ ।।

मुक्तक ३
किन किन मलाई हुन्छ मात लागे जस्तो
उन्मादको खातमाथि खात लागे जस्तो
देख्नु भेट्नु केही छैन किन यस्तो भाको
चुम्नलाई उनले मेरो हात मागे जस्तो ।।

मुक्तकः ४
म यता उदास छु वास्तै नगरी उता छ उसको चक्चकी
उता के छ थाहा छैन यता भने उम्लिएको छ माया भक्भकी
एक म ता जे परोस् भन्ने नलागेको पनि हैन
तर माया गरेर बाेलाउन पनि सकिएन बाबु चाहिंले सुन्ने जग्जगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *