Skip to content

गरीबलाई धुरु धुरु



गरिबलाई धुरु”धुरु रुवाउन आयो दशैं
मात्र टीका जमराले”सुवाउन आयो दशैं।।

निर्दोष अन्जान हजारौ पशुपन्छीहरूको
आशु धारा” चूहाउन आयो दशैं।।

हुनेलाई हर्ष उल्लास छ उमङ्ग जताततै
न हुनेलाई निस्तो भात”खुवाउन आयो दशैं।।

न दशै नत तिहार गरिबलाई यहाँ
धनीलाई चारैधाम”घुमाउन आयो दशैं।।

भोका प्यासा कठैबरा लाल बालहरूको
आँशुले नै नुहाउन”आयो दशैं।।

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

5 thoughts on “गरीबलाई धुरु धुरु”

  1. प्रसाद पदयोग गर्ने कि ! डिल्लीजी !!!
    समयको खेल र मानवीय जीवनका वास्तविकता एक
    साथ प्रस्तुत भएको सुन्दर र रसिलो प्रस्तुतिमा दशैको शुभ सन्देश पनि समेट्न
    सकेको भए न सुगन्ध हुन्थ्यो जी । जे भा पनि
    पाठक बन्न दिनुभएकोमा हार्दिक धन्यवाद तथा तिरहत्तरे दशहराको
    शुभकामना छ ।

  2. कमि कम्जोरी औलाई दिनु भयकोमा
    कमि कम्जोरी औलाई दिनु भयकोमा धन्नेबाद
    आउदा दिनहरुमा समेटेर लेख्ने कोसिश गर्नेछु
    खुशी लाग्यो पर्तिकृया दिनु भएकोमा।।
    बिजया दशमीको हार्दिक मंगल मय शुभकामना “

  3. अर्को एक कुरो डिल्लीजी !
    धन्यवाद छ ।
    पढ्न त पढिन्छ ।
    लेख्न चाहिँ साइत जुराउनै पर्छ ।

    लेख्तै जाऔँ । बलियो बन्दै गइन्छ ।

    घोडा चढ्ने नै यदाकदा लड्न सक्छ ।
    नचढ्ने त लड्ने कुरै आउँदैन ।

    खराल थर ठीक हो ?
    मैले नसुनेको नबुझेको कुरो पर्यो ।
    प्लिज डु नट माइन्ड ।

    म त खरेल पो पढ्दै थिएँ त ।।।।।

    शुभकामना ।।।।

  4. चित्तबुझ्दो प्रश्न गर्नुभो
    चित्तबुझ्दो प्रश्न गर्नुभो सरले
    म खरालनै हु,खराल र खरेल भिन्न भिन्नै हुन।।
    खराल बत्श गोत्रमा पर्दछ,हामीलाई जैसी भन्छन भने खरेललाई कुमाई भन्ने गर्दछ्न। खेरेलको गोत्र बचिस्ट हो”
    केहि बर्ष अघि खराल र खरेल बन्धु बिच झगडाको माहोल सिर्जना भयको थियो हालमात्र खराल र खरेल अगल हुन भन्ने पुष्ठि भएकोछ,किर्पया भर्मित जो कसैले पनि नेपाली पात्रोको लास्ट पेजमा हेर्न सक्नुहुनेछ।।त्यहाँ सबै विवरण खुलाएकोछ!!धन्नेबाद

  5. भनेपछि कुरा त्यसो रहेछ ।
    भनेपछि कुरा त्यसो रहेछ । हाम्रा गामघरतिर नभाकाले नजेनेको हुँ ।
    धन्यवाद ।।।

    नमस्कार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *