Skip to content

रेटी रेटी यो मुटुलाई



रेटी रेटी यो मुटुलाई मारी निष्ठुरीले
तड्पी तड्पी बाँच्न मलाई पारी निष्ठुरीले

यो मायाको संसारमा फिजाएर जाल
माछीलाई झैं तेलमा आज खारी निष्ठुरीले

चुम्छु भनेकै थिए सफलताको शिखरलाई
दुखै दु:खको सागरमा झारी निष्ठुरीले

एउटै मात्र,लक्ष्य थियो उनीसँग जिन्दगीमा
साथ दिन्छु भनेर नि टारी निष्ठुरीले

मेरो निश्चल मायामा काडेबार लगाएर
हृदयमा भाङ धतुरो सारी निष्ठुरीले

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *