Skip to content


आफ्नै आँशु पिएर बाँच्दैछु
फुको मुस्कान दिएर बाँच्दैछु

देख्नेले त भन्छन् हृष्ट-पुष्ट छस्
भित्रभित्रै खिएर बाँच्दैछु

कहिले डुब्दै गहिराईमा कैले टोलाउदै
आँखाभरि आँसु लिएर बाँच्दैछु

कस्तो खटन दियौं ए नियति
आफ्नै मुटु सिएर बाँच्दैछु

धिप धिपी दियोमा बत्ती झैं
बल्ल तल्ल जिएर बाँच्दैछु

डिल्ली प्रसाद खराल ♥घायल♥
बिरेन्द्र नगर चितवन
हाल: मरुभूमिको छाती दुबई

1 thought on “आफ्नै आँशु”

  1. धन्नेबाद सम्पादक ज्यू”
    धन्नेबाद सम्पादक ज्यू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *