आफ्नो औकात मान्छेले आफैं भूलेकै देखे
श्रीमती माथि श्रीमती आर्की हुलेकै देखे
मुखले राम राम जप्दै हिड्ने मान्छेहरूले
पैसाको लागि अमृतमा बिष घुलेकै देखे
आदिहुरि असिनाको झटारोले हान्दा पनि
गुलाब जस्तै काँडाको बीचमा फुलेकै देखे
बिसाएको घाउमा पट्टि लगाउदै मानिस
बिर्सिएर जिन्दगीलाई डुलेकै देखे
मेहनत गरी सुखको सास लीन खोज्दा
तगारो हाल्न तेई खुशीमा तुलेकै देखे
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई
