Skip to content

मेरो देशमा शान्तिको दियो


मेरो देशमा शान्तिको दियो बालेर आऊ दिपावली
निराशाको कालो बादल फालेर आऊ दिपावली

सत्यमाथि असत्यको विजय चाहने
मानवरूपी पत्थरलाई गालेर आऊ दिपावली

भता भुङ्ग हजारौं गरिब दु:खीहरूको
भक्तिएको झुपडीलाई टालेर आऊ दिपावली

परिवर्तनको रुपरेखा कोरेर यो देशमा
शत्रुबैरीहरूलाई ढालेर आऊ दिपावली

सपल्ता छेक्न आईलाग्ने हरेक बादाहरूमा
सुमार्गी पाईलाहरू चालेर आऊ दिपावली

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *