Skip to content



कागज जस्तै हो जिन्दगी जलेर जान सक्छ
जवानी तेसै न फालखेर ढलेर जान सक्छ

जस्लाई आफ्नो मन मुटु ठान्छौ तिमी
तेसैमापनि शंकाको आगो बलेर जान सक्छ

किन गर्छौ रिस राग तिमी-दुइदिने जीवनमा
उडाई लाने आधिबेरी चलेर जान सक्छ

शृङ्गारेर चिल्लो पारेको त्यों शरीर
ख्याल गर नत्र गलेर जान सक्छ

न रहन्छ नाता न कुनै इमान-यो स्वार्थी संसारमा
भख्खरै तिम्रो छायाले तिम्लाई छलेर जान सक्छ

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *