Skip to content

न त रोकेर बाटो


न त रोकेर बाटो उन्लाई छेक्न सकें
न उन्को आगनीमा आजसम्म टेक्न सकें

जुनीभर सातदिन्छु भनेर पनि हिजो
न तस्बीरमा बाहेक उन्लाई देख्न सकें

सपनाको त्यो संसार जलेपछि हाम्रो
न चाहेर पनि उन्लाई भेट्न सकें

यो छातीमा अमीट छाप रैरयो बाँचुन्जेल
न तिर्सना मन्को कहिल्यै मेट्न सकें

माँयाको झोलीमा बर्सायौ ढुंगाले,
न करौतीले घाँटीलाई रेट्न सकें

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई’

Leave a Reply

Your email address will not be published. Required fields are marked *