
न साह्रो न त गिलो नै भाछु अचेल
सबैले निचोर्ने पिलो भाछु अचेल
चारैतिर निष्पट्ट अन्धकारको विचमा
लत्पतिदै मुछिएको हिलो भाछु अचेल
घाईते मुटु लिएर भाग्दा भाग्दै आजसम्म
जिन्दगीको उकालीमा ढिलो भाछु अचेल
म कसरी बुझु खै जिन्दगीको परिभाषा
जहा टेक्यो बिझाउने किलो भाछु अचेल
उझाडिएको डाडा जस्तै हुँदा जिन्दगी
आत्तिएर कालो निलो भाछु अचेल
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई
