सपनाहरू डढेर जाँदैछ
मन्मा पिर बढेर जाँदैछ
कोमल यो मन्को मझेरीमा
काँडा बनी गडेर जाँदैछ
के सोचेथे के भयो जिन्दगीमा
यो शरीर लाचार झैं लडेर जाँदैछ
पढेर बन्ने थियो ठुलो चाह
किन यो दिमाग सडेर जाँदैछ
कस्तो रोग लाग्यो खै टोलाउने
झनझनै पागल पन चडेर जाँदैछ
डिल्ली प्रसाद खराल ♥घायल♥
वीरेन्द्र नगर चितन
हाल: मरुभूमिको छाती दुबई
