
परदेशी आमा रुँदैछे बाटो हेरेर
रक्तामै मेरो देशको माटो हेरेर
परदेशिन बाद्धेभए कस्तो बिडम्बना
खडेरीले नाङ्गिएको पाटो हेरेर
झस्किएर ब्यूँझने गर्छु सपनीमा
शरीरका राता निला टाटो हेरेर
कठै बरा रुँदै थिए ती लाल बालहरू
चुहिएको छानो अनि भाटो हेरेर
बिसाएर सुके पनि घाउहरू
टोलाइरहन्छ आँखाहरू खाटो हेरेर
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई
