Skip to content

मुटु भित्र आधी हुरी


मुटुभित्र आधी हुरी चले झैं भको छ
उकुसमुकुस हृदय यो जले झैं भको छ

हिजोसम्म चल्दा चल्दै न थाक्ने पाउहरू
न जाने किन अब गले झैं भको छ

चादनी झैं सितल यो हृदयमा भित्र
धिपी धिपी आगो बले झैं भको छ

टुट्दै जादा भरोसा होला सायद जिन्दगीको
विस्वासको चुलीबाट ढले झैं भको छ

टुक्रिएको दर्पन जस्तै तित्र बित्र भएपछि
नियतिले आफैंलाई छले झैं भको छ

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई
https://m.facebook.com/story.php?story_fbid=1799621233608967&substory_index=0&id=1472748899629537

Leave a Reply

Your email address will not be published. Required fields are marked *