Skip to content

हिरामोती सिङ्गारिएको हात


हिरामोती सिङ्गारिएको हात अब चाहिँदैन
पीडादायी अन्धकार रात अब चाहिँदैन

बाँच्न पक्कै सक्नेछु एक्लै यो संसारमा
जिउन मलाई तिम्रो कुनै सात अब चाहिँदैन

तोडी गयौं सिसासरी कोमल यो मुटुलाई
भो मलाई ओइलिएको पात अब चाहिँदैन

आजित भएँ बीचित्र यो संसारलाई देखेर
मानव रूपी शैतान तिम्रो जात अब चाहिँदैन

जिन्दगीको भोगाइसँगै खानु ठक्कर खाएँ
ए जिन्दगी अरु मलाई लात अब चाहिँदैन

डिल्ली प्रसाद खराल घायल
वीरेन्द्रनगर चितवन,
हाल: मदरल्याण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *