Skip to content

पराईलाई आफ्नो ठान्नु


पराईलाई आफ्नो ठान्नु भूल थियो मेरो
हजारौंमा उस्लाई छान्नु-भुल थियो मेरो

आजाद त्यो पन्छीलाई मैले तेति बेला
माँया रुपि जाल्मा तान्नु-भुल थियो मेरो

हाँसो खुशी सबै मेरो लुटेर जानेलाई
नजरको तिरले हान्नु-भुल थियो मेरो

जिन्दगीको जङघारसँगै तरौला भन्दै
सातफेराको बन्दनमा बान्नु-भुल थियो मेरो

प्रतिक्षाको दियो बाल्दै आफ्नै आँशु पिएर
निष्ठुरीलाई आफ्नो मान्नु-भुल थियो मेरो

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *