पराईलाई आफ्नो ठान्नु भूल थियो मेरो
हजारौंमा उस्लाई छान्नु-भुल थियो मेरो
आजाद त्यो पन्छीलाई मैले तेति बेला
माँया रुपि जाल्मा तान्नु-भुल थियो मेरो
हाँसो खुशी सबै मेरो लुटेर जानेलाई
नजरको तिरले हान्नु-भुल थियो मेरो
जिन्दगीको जङघारसँगै तरौला भन्दै
सातफेराको बन्दनमा बान्नु-भुल थियो मेरो
प्रतिक्षाको दियो बाल्दै आफ्नै आँशु पिएर
निष्ठुरीलाई आफ्नो मान्नु-भुल थियो मेरो
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”
