सयपत्री र मखमली माला गाँसेर आऊ दिपावली
म रोएर केभो र तिमी हाँसेर आऊ दिपावली
निराशाले ढाकेको कालो बादल हटाउँदै
शत्रु बैरी दु:ख कष्ट मासेर आऊ दिपावली
देउसी र भैली गाउँदै मादलुको भाकामा
आगनीमा छमछमी तिमी नाचेर आऊ दिपावली
औंशीको कालो अन्धेरिमा चाँदनि जस्तै शीतल
ज्योति बनी अन्धकारलाई नासेर आऊ दिपावली
आशाका लाखौ किरणहरू छरेर हरेक वर्ष
पञ्चरंगी निधारमा टीका साचेर आऊ दिपावली
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई
